lash-julus1-480x450

लहान, २४ आश्विन । सिरहाको लहानमा लास जुलुस प्रदर्शन गरिएको छ । आईतबार बिहानै स्थानीय युवा तथा नेता र कार्यकर्ताहरुको सहभागितामा लास जुलुस प्रदर्शन गरिएको हो । मधेश आन्दोलनमा सरकारले दमन गर्दै मधेशीहरुको हत्या गरेको विरोधमा लास जुलुस निकालिएको प्रदर्शनकारीहरुले बताएका छन् ।

लहानको शहिद चौकदेखि सडक कार्यालयसम्म सडकको बीचमा मधेशी सहिदहरुको सांकेतिक लास राखेर जुलुस प्रदर्शन गरिएको हो । सडकको बीचमा ४८ जना सहिदकै सांकेतिक लास राखिएको प्रदर्शनकारीहरुले जनाएका छन् ।

यससँगै सिरहाका आन्दोलनकारीले आन्दोलनको नियमित कार्यक्रम पनि सार्वजनिक गरेका छन् । आन्दोलनका थप कार्यक्रममा आगामी दिनमा थाल पिट्ने जुलुस, सिटि जुलुस, शव यात्रा र राज्यले मधेशीलाई गुलाम बनाउन चाहेको भन्दै जंजिरसहितको गुलामी देखाउने जुलुस पनि रहेको छ ।

साभार :हुलाकी न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia