Bidesपरासी, १ पुस । नवलपरासीको पहाडी क्षेत्रका अधिकांश युवा जनशक्ति वैदेशिक रोजगारमा जाने गरेको तथ्याङ्क यहाँ सार्वजनिक भएको छ ।पहाडी–१७ गाविसका ९० प्रतिशत युवायुवती वैदेशिक रोजगारमा गएको र वैदेशिक रोजगारमा जानेमा युवतीभन्दा युवाको सङ्ख्या निकै बढी रहेको आप्रवासन कामदारको क्षेत्रमा काम गर्ने संस्था इन्द्रेणी विकास मञ्च र हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ (सामी परियोजना)ले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।तथ्यांकअनुसार विशेषगरी पहाडी नरम गाविसमा रहेको ४५० घरधुरीमध्ये १२० भन्दा घरका युवायुवती रोजगारीका लागि विदेश गएका छन् ।परियोजनाले पछिल्लो समय एक हजार ८८५ जनालाई परामर्श दिएको, पासपोर्टमा फसेका र विदेशमा मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia