मंसिर १९, काठमाडौं । स्वरसम्राट नारायण गोपालको २५ औं स्मृति दिवस आज (शनिबार) विभिन्न कार्यक्रम गरी मनाईंदैछ । आज नारायण गोपालको सम्झनामा बिभिन्न कार्यक्रमहरु हुँदैछन् ।काठमाडौंको किलागलमा वि सं १९९६ सालमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गाउनु भएको छ ।उहाँको सम्झनामा नारायण गोपाल संगीत कोषले बिहान ११ बजे उहाँको निवास महाराजगञ्जको मिलिजुली टोलमा विशेष कार्यक्रम गर्दैछ । यस्तै दिउँसो १ बजे महाराजगञ्ज चोक र दिउँसो ३ बजे महाराजगञ्जकै आस्था कला केन्द्रमा विशेष कार्यक्रम हुँदैछ ।