nepali studentsकाठमाडौं , १७ मंसिर । रसुवाका सनतकुमार आचार्य कहिल्यै निजी शिक्षालय पुगेनन्। एसएलसी रसुवाकै सरकारी स्कुल नीलकण्ठ उच्च माविबाट उत्तीर्ण गरे, प्लस टु त्यहीँबाट सके। स्नातक राजधानीको रत्नराज्य क्याम्पसमा पढे। त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरबाट स्नातकोत्तर सक्दा उनको हातमा पर्‍यो तीनवटा पदक।

गणितका विद्यार्थी आचार्यले स्नातकोत्तरमा ९४.९५ प्रतिशत अंक ल्याई विशिष्ट श्रेणीमा प्रथम हुँदै चान्सलर पदक प्राप्त गरेका हुन्। उनले सम्पूर्ण स्नातकोत्तर तहमा प्रथम स्थान हासिल गरी रामप्रसाद माननन्धर स्वर्ण पदक (गोल्ड मेडल) र त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक पनि पाएका छन्। आचार्यले बुधबार त्रिभुवन विश्वविद्यालयको ४१ औं दीक्षान्त समारोहमा ती पदक हात गरेका हुन्।

‘पढ्न सक्ने विद्यार्थीका लागि सरकारी शिक्षा नै उत्तम हो,’ पदक प्राप्त गरेपछि आचार्यले भने, ‘निरन्तर कक्षामा उपस्थित हुने र बुझेर अध्ययन गर्ने विद्यार्थीका लागि सरकारी शिक्षाले नै अब्बल बनाउँछ।’ उनले घरमा परिवारले पढाइका लागि अनुकूल वातावरण बनाइदिए अझ राम्रो हुने अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia