आफ्नो स्थापनाको केहि महिना नबित्दै हाम्रो संजाल नेपाल इनरुवाबासी बिच लोकप्रिय बन्दै गएको छ। ०७४ भाद्र १५ गते बिधिबत दर्ता भै सञ्चालनमा आएको उक्त सामाजिक संस्था स्थानिय स्तरमा थुप्रै सामाजिक कार्यहरु गरी सकेको छ। वर्तमान अवस्थामा संस्थाहरु दर्ता भै व्याक्ति विशेषको झोलामा मात्र केन्द्रित भै रहेको बेला हाम्रो संजाल नेपालले उक्त परिभाषालाइ गलत साबित गरेको छ।

यसै बिच १०९ औ लक्ष्मी जयन्तीको अवसरमा हाम्रो संजाल नेपालले  “कबि गोष्ठी तथा स्रस्टा सम्मान” कार्यक्रम सम्पन गरेको छ। लेखापढी कानुन व्यावसायि एसोसिएसन्को सभा हलमा सन्जालका अध्यक्ष सितोश पोख्रेलको सभापतित्व एवं प्राज्ञ उपेन्द्र “पागल”को प्रमुख आतिथ्यता, प्रा. डा. बद्रीविशाल पोखरेल, प्राज्ञ  बिबस पोखरेलको बिशिस्ट आतिथ्यता रहेको सो कर्यक्रममा साहित्यकर्मी छबिनाथ रिजाल, पुरुशोत्तम घिमिरेको आतिथ्य्ता रहेको थियो।

स्रस्टा हरिकृष्ण बराललाई नगद सहित सम्मान गरिएको सो कार्यक्र्ममा २० जना कबिहरुले कबिता बाचन गरेका थिए ।  हाम्रो संजाल नेपालले यशअघि आस्विन ६ गते सामाजिक सेवा दिवसको अवसरमा रक्त दान एवम् इनरुवा अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia