२३ भाद्र, सलकपुर। चर्चीत र्याप गायक यम बुद्धको सम्झनामा शिक्षा तथा साक्षरता दिवसका अबसरमा कविता प्रतियोगिता सम्पन्न भएको छ । यम बुद्ध फाउनडेसनले आयोजना गरेको प्रतिगोगितामा ३५ विद्यार्थीको सहभागिता रहेको थियो । यम बुद्धले पहिलो औपचारीक अध्ययनको सुरु गरेको विद्यालय ब्राइट फुचर उच्च माध्यमिक विद्यालय मा प्रतीयोगिता आयोजना गरीएको हो । प्रतियोगितामा सुष्टि वराल प्रथम, द्धितीय पालना अधिकारी र असोक सञ्जेल तीतृय हुन सफल भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी तथा सुन्दर हरैचा नगरपालीकाको प्रमुख शिव ढकालले प्रतियोगीतामा सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै स्वर्गीय यम बुद्धले नेपाली संगीतको विकासकालागि महत्वपुर्ण योगदान पुर्याएको र उनी मरेर गएपनी उनको सकरात्मक विचारलाई सबैले अनुसरण गर्नुपर्ने बताए ।
यम बुद्ध फाउनडेसनका अध्यक्ष तथा यम बुद्धका पिता अम्बिका प्रसाद अधिकारीले विद्यार्थीहरुलाई कवितामा व्यक्त आर्दश जीवन र व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । कविता प्रतियोगितामा यम बुद्धको आमा पटक पटक रोहीरहेकी थिइन । प्रतीयोगी र उदघोषक विकल रेग्मीले यम बुद्धको नाममा केही वाेल्दा उनको आखा आसुले भरीएको थियो । यम बुद्ध गित र कविता लेख्न रुचाउने र कविताको माध्यमबाट समाजका विक्रितीहरु उन्मुलन गर्न विद्यालयस्तर देखिनै जनगरुप गराएर विद्यार्थीहरुलाई समाजिक उत्तरदायित्व को महत्व बुझाउन साथै उनीहरुको सिर्जनशीलता बिकास गर्न कविता प्रतियोगिता आयोजना गरिएको अधिकारीले बताए ।