murarkaकाठमाडौं, मंसिर १२ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले हाल मुलुकमा देखिएको समस्या केहि दिनमै समाधान नभए निजी क्षेत्रले ‘एक देश एक प्रदेश’ माग गर्ने बताएका छन् ।विहीबार हामीसँग कुरा गर्दै अध्यक्ष मुरारकाले ‘तराई–मधेसको आन्दोलनले मुलुकको अर्थतन्त्र चौपट भएको र यसले मुलुकलाई असफल राष्ट्र बनाउन सक्ने’ भन्दै एक देश एक प्रदेशको माग गर्ने बताए ।‘तराई–मधेसमा देखिएको समस्या समाधानमा सरकार र आन्दोलनरत पक्ष जिम्मेदार भएर प्रस्तुत हुनुपर्ने’ भन्दै उनले ‘देश रहे मात्रै हामी रहने’ बताए ।भूकम्प र तराई आन्दोलनले मुलुकको आर्थिक बृद्धि हालसम्मकै न्यून हुने प्रक्षेपण सरकारले गरिसकेको छ ।राष्ट्र बैंकले गरेको अध्ययनअनुसार पनि यस आन्दोलनले सबैभन्दा बढी उद्योग क्षेत्र प्रभावित भएको र यस क्षेत्रको बृद्धिदर ऋणात्मक हुने देखिइसकेको छ । इमेजखबरबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia