२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा बैठकमा भावी सरकारको नेतृत्व आफैंले दावी गर्ने कि पूर्व सहमतिअनुसार एमाले अध्यक्ष केपी ओलीलाई सघाउने भन्नेमा शीर्ष नेताहरु नै बिभाजित भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सभापति सुशील कोइरालाले ओलीलाई प्रधानममन्त्री बनाउने भद्र सहमति भएको भन्ने कुरा अफवाह मात्र भएको बताएपछि बहस चर्केको हो ।
कोइरालाले ओलीलाई बनाउने भद्र सहमति नभएको भन्दै कांग्रेसले नै नेतृत्व दावी गर्ने कि नगर्ने भनेर छलफलमा भाग लिन केन्द्रीय सदस्यहरुलाई आग्रह गरेको एक नेताले बताए ।
त्यसपछि बोल्ने पार्टीका पदाधिकारीहरु बिभाजित भएका छन् । प्रधानमन्त्रीका दावेदार मानिएका शेरवहादुर देउवा र रामचन्द्र पौडेलले कांग्रेसले नै सहमतीय सरकारको नेतृत्वको पहल गर्नुपर्ने धारणा व्यक्त गरेको स्रोतले जनाएको छ ।
तर पार्टीका महामन्त्रीद्वय प्रकाशमान सिंह, कष्णप्रसाद सिटौला र सहमहामन्त्री पूर्णबहादुर खड्काले राजनीतिमा इमान्दारिता चाहिने भन्दै ओलीलाई प्रधानमन्त्री बनाउन सघाउनुपर्ने धारणा राखेका छन् ।
बैठकस्थलबाट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार देउवाले कोइरालालाई ‘तपाई फेरि प्रधानमन्त्री बन्न खोजेको हो ?’ भन्ने प्रश्न गरेका थिए ।
देउवाले कांग्रेस संसदीय दलको नेताको निर्वाचन गराउनुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले आफू दलको नेतामा प्रतिस्पर्धा गर्ने भन्दै कोइरालालाई रामचन्द्र पौडेललाई सघाउन चुनौतिसमेत दिएका छन् ।
पौडेलले पनि आफू पटक-पटक पीडित भएको भन्दै यसपटक प्रधानमन्त्रीमा सघाउन आग्रह गरेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia