अमर काफ्ले इनरुवा
भारतको अघोषित नाकाबन्दकीका कारण पेट्रोलियम पदार्थको अभाव चुलिएपछि सर्वसाधारणको सहजताका लागि भन्दै सुनसरी प्रशासनले सीमित पम्पबाट पेट्रोल उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षाकर्मी परिचालन गराएर सदरमुकाम इनरुवाका तीन वटा पम्पबाट पेट्रोल वितरणको व्यवस्था मिलाएको हो ।
इनरुवा स्थित रहेका सुनसरी, नुतन र नारायणी पम्पहरुबाट आज विहान ७ बजेबाट पेट्रोल वितरण थालिएको हो ।
पेट्रोल विरतण हुने खबर पाएपछि पम्पहरुमा एकाविहानैबाट सर्वसाधारणको बाक्लो लाइन लागेको छ ।
घण्टौं कुरेपछि बल्लतल्ल सीमित मात्रामा पाइने पेट्रोल भर्नुलाई अधिकांश उपभोक्ताहरुले युद्ध जिते सरह भएको प्रतिकृया दिएका छन् ।
लाइनमा बसेकाहरुलाई एक मोटरसाइकललाई रु ५०० र निजि भ्यानहरुलाई एक हजार बराबरको पेट्रोल भर्ने व्यवस्था मिलाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो ।
सुनसरीमा वितरण भैरहेको पेट्रोल मौज्दात सीमित रहेकाले लाइनमा बसेका सबैले पेट्रोल पाउन सक्ने अवस्था भने देखिदैन् ।
इनरुवाका तीन वटा पम्ममा सर्वसाधारणको वितरणका लागि भन्दै गएराती १२ हजार लिटर पेट्रोल भण्डारण गरिएको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia