यूएई । यूएईको उत्तरी इमिरेटमा रहेको फुजेरामा नेपालीको लगानीमा एक सैलुन स्थापना हुन लागेको छ । यूएईको नेपाली समाजमा सफल व्यावसायी तथा दानवीर महिलाका रुपमा परिचित बुटबलकी दिपा पाण्डेले फुजेरामा नयाँ ब्युटीपार्लर सञ्चालन गर्न लागेकी हुन् ।ब्यूटीपार्लरको क्षेत्रमा १५ वर्ष लामो अनुभव संगालेकी झापाकी लक्ष्मी तामाङको पार्टनरसीपमा नासिर लेडिज सैलुनको औपचारिक उद्घाटन आगामी २० नोभेम्बरमा हुने व्यावसायी पाण्डेले बताएकी छिन् । फुजेराको भिआईपी एरिया सेन्चुरी मलको छेउमा रहेको सैलुनले फुजेरामा रहेका नेपाली दिदीबहिनी लगायत स्थानीय अरबी, लेबनानी, पाकिस्तानी, मोरक्कनलाई सेवा दिने सञ्चालिका लक्ष्मी तामाङले बताइन् ।करिब चार लाख दिराम्स अर्थात् एक करोड १५ लाख नेपाली रुपैयाँको लगानीमा खुल्न लागेको यो सैलुन उच्च प्रविधि युक्त रहेको छ ।पार्लरमा उपलब्ध सबै सुविधाका अतिरिक्त स्टीम बाथको सुविधा यसको थप विशेषता रहेको सञ्चालिका पाण्डेले बताइन् ।लक्ष्मी र दिपाको संयुक्त लगानीमा तीन वर्ष अघिदेखि देरा दुबईमा ब्युटीफेस लेडिज सैलुन सञ्चालनमा रहेको छ । यही जोडीले फुजेरामा रहेका नेपाली दिदीबहिनी तथा स्थानीय नागरिक र विदेशीहरुलाई शारीरिक रुपमै सुन्दर बनाउने लक्ष्य राखेर सैलुन स्थापना गरेको बताएका छन् ।ओपनिङका दिन सहभागी सबैलाई ५० प्रतिशत छुटमा सेवा तथा सुविधादिने उनीहरुको तयारी छ । साथै ओपनिङ सेरोमनीमा सहभागी सबैलाई ६ महिनासम्म ५० प्रतिशत छुट दिने बताइएको छ । कार्यक्रममा सहभागी सबै ग्राहकहरुलाई गिफ्ट हृयाम्पर प्रदानगरिने व्यावसायी पाण्डेले बताइन् ।अनलाइनखबरबाट