puspakamal

तेज बन / इटहरी २० असोज – एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले पुर्व उपाध्यक्ष डा बाबुराम भट्टराई पार्टीबाट अलग्गिएको प्रति कतै बिचलीत नभएको दाबी गर्नुभएको छ । सुनसरीको इटहरीमा बुधबार कोचिला राज्य समिति अन्तरगतका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा यस्तो बताउनुभएको हो ।

डा भट्टराईले पार्टी छाडेर आफनो पार्टीलाई कुनै क्षती नभएको बताउदै कसैको बहकाइमा लागेर केटाकेटी जस्तो दंग्याउने पाराले हिडेकोमा दुख भन्दा बढी हास उठेको बताउनुभयो । केन्द्रीय कमिटिसंग कुनै समनवय नगरी एक्कासी पार्टी छाडेको घोषणा गर्नु राष्ट्रको हित बिपरीत रहेको उहाको भनाइ थियो ।

पार्टीका कार्यकर्ताहरुलार्य प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले ब्याङग्यात्मक पाराले भन्नुभयो बाबुरामले आफनै स्वास्नीलाई रुवाएर हिडे पार्टीको त के कुरा । उहाले मधेश मुद्धाको उठान आफनै पार्टीबाट भएको भन्दै मधेशमा रहेको जनताको माग सम्बोधन गर्न पार्टी र सरकार तयार रहेको बताउनुभयो । उहाले नेपालमा दुइ मधेस रहेको बताउदै एक ठुला बढा सामन्तीहरु र अर्को सर्वहारा मधेस रहेको उल्लेख गर्नुभयो ।

त्यसमा सरकार र आफनो पार्टी सर्वहारा मधेसको पक्षमा उभिएको र उनिहरुको माग सम्बोधन हुनेमा बिस्वस्त रहेको समेत बताउनुभयो । पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन आधादर्जन नेतनहरुको टोलि सहित इटहरी आउनुभएका एमाओवादी अध्यक्ष प्रचण्डले जो सुकैको नेतृत्वमा सरकार बनेपनि त्यसमा कुनै आपत्ती नरहेका बताउदै राष्ट्रिय सहमतीबाट बनेको सरकार दिगो रहने बताउनुभयो ।

चाडबार्डको बेला भारत पक्षले नेपाल बिरुद्ध लगाएको अघोषीत नाकाबन्दी बिरुद्ध अध्यक्ष प्रचण्डले नाकाबन्दी अन्तराष्ट्रिय कानुन बिपरीत रहेको उल्लेख गर्नुहुदै अन्तराष्ट्रिय अदालतमा मुदा हालेरै भएपनि भारतलाई झुकाइनुपर्ने बताउनुभयो । प्रशिक्षण कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्ड सहित महासचिव कृष्णबहादुर महरा , सचिवहरु गिरिराजमणी पोख्रेल , टोप बहादुर रायमाझी , केन्द्रीय नेताहरुमा बर्षमान पुन गोपाल किराती , करीबोल गजुरेल , राम कार्की लगायतको उपस्थिती रहेको थियो ।

साभार: पुर्बेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia