Nepali-Tanker-Rasuwagadi-2

काठमाडौं , १६ कात्तिक। सरकारले चीनको बाटो हुँदै तेस्रो मुलुकबाट समेत इन्धन ल्याउने भएको छ । चीनबाट नेपाल इन्धन ल्याउने समझदारी गरी फर्केको टोलीले तेस्रो मुलुकबाट इन्धनसमेत चिनियाँ भूमिबाट ल्याउने सहमति गरेको एक अधिकारीले बताए । त्यसका लागि नेपालतर्फको सडक चौडा बनाउनुपर्ने सुझाव टोलीले दिने भएको छ ।

टोलीले भ्रमणको विस्तृत प्रतिवेदन बुझाउने तयारी गरेको छ । टोलीको नेतृत्व गरेका राजदूत महेस मास्के इन्धन बोकेको गाडी नेपालतर्फ पठाएपछि स्थलमार्ग हुँदै काठमाडौं आइपुगेका छन् । टोलीले सोमबार राजनीतिक नेतृत्व , प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलगायत सरोकारवालाहरुसँग विशेष छलफल गरेर इन्धन आयातको सम्भावनाबारे विस्तृत प्रतिवेदन बुझाउनेछ । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia