Nepali-Tanker-Rasuwagadi-2

१५ कात्तिक, काठमाडौं । चीनबाट अनुदानको तेल लिएर आएका ३ वटा ट्यांकर झण्डै २४ घण्टादेखि रसुवागढी भन्सारमा रोकिएको छ ।

नेपाल आयल निगमले तेलको भन्सार रकम तिर्न ढिलाइ गरेका कारण दिनभर ट्यांकर रोकेको हो । ‘अनुदानमा आएको तेलमा भसार राजश्व लाग्दैन भन्ठानेका थियौं । तर, रसुवागढी भन्सारले राजश्व लिने भनेपछि प्रक्रिया पुरा गर्न ढिलाइ भएको हो’ आयल निगमका निर्देशक निमित्त निर्देशक नागेन्द्र साहले भने ।

आयल निगमले अहिले प्रक्रिया पुरा गरेर धरौटी रकम भन्सारको खातामा जम्मा गरेको छ । र, अब ट्याकंर छुट्ने बताइएको छ । किनेर ल्याएको तेलमा मात्र भन्सार लाग्ने भन्दै राजश्व रकम नलगिएको निगमका अधिकारी बताउँछन् ।

तीनवटा ट्यांकरले केरुङबाट २७ हजार लिटर पेट्रोल ल्याएका छन् । बेलुकीसम्म पनि भन्सार पास नभए आज ट्याकंरलाई काठमाडौं जान रोकिने रुसुवाका प्रहरी नायब उपरीक्षक अवदेश बिष्टले जानकारी दिए ।

‘बाटोको अवस्था खराब छ । राति-राति ट्यांकरलाई लैजान सकिँदैन । धेरै अबेला भए हामी आज ट्यांकर रोकेर भोली मात्रै पठाउँछौं’ बिष्टले भने । अब चीनबाट अनुदानको तेल बोकेका ट्याकंर भोलि मात्रै काठमाडौं आइपुग्ने छन् ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia