hip hop saroj shrestha

२५ साउन, इनरुवा। नेपाली मनोरंजनको दुनिया मा रमाउने हरु को ताती निकै नै लम्बिदै गएको छ पछिल्लो समय यहि क्रममा जुझारु रुपमा प्रस्तुत हुदै गरेको एउटा नाम हो सरोज श्रेष्ठ ।

सानै देखि चन्चले स्वभाब को सरोज झापामा जन्मिएका हुन् भने केहि समय आफ्नो कर्म थलो काठमाण्डोलाई बनाए पनि हाल पुर्वको हरितनगरी इटहरी बाट आफ्नो भबिष्यको बाटो हिडिरहेका छन् ।

मान्छेहरुले यो क्षेत्र लाई नराम्रो सोच्ने र पैसा नहुने क्षेत्र भने पनि आफ्नो सपना यहि नै हो उनि भन्छन  केहि समय अगाडी काठमाण्डोमा हिमालयन टेलिभिजन र पोखराको रेडियो अन्नपुर्णबाट मिडिया अर्थात भी जे र आर जेको केहि आधारभूत ज्ञान लिएका उनि कुसल भी जेको रुप मा चिनिन चाहन्छन ।

hip hop saroj shrestha1

हाल मोफसलमै रहेर इटहरी को एरिना टेलिभिजनबाट आफ्नै उत्पादन मा फिल्मका कुराू र  एरिना लभ टाईम संचालन गर्दै आएका सरोजको सपना पुरा हुने केहि लक्क्षण देखिदै आएको छ, कारण उनले संचालन गर्दै आएको दुई ओटै कार्यक्रम पूर्वेली युवा माझ लोकप्रिय हुदै गईरहेको छ ।

उनि पुर्व मा Hip Hop कल्चर को बिकाश गर्न पनि लागि परेका छन् । आफ्नै नेतृत्त्व मा ” Dare Death Crew ” नाम को ग्रुप बनाएर पुर्वका Hip Hop कल्चर मा लगाब रहेका साथिहरुलाइ एक जुट गराएर विभिन्न कार्यक्रमहरुको पनि आयोजना गर्ने गर्छन ।Hip Hop कल्चर को सकारात्मक संदेश दिनलाई इटहरी को एक एफ एम मार्फत ” Hip Hop Zone ” कार्यक्रम पनि संचालन गर्दै आई रहेका छन् ।

म्युजिक भिडियो निर्देशकमा पनि डेब्यु गर्न लागेका सरोजले म्युजिक भिडियो मा अभिनय पनि गरेका छन् । साथै पुर्वका केहि आफ्ना यहि क्षेत्र का साथि हरु संग मिलेर शर्ट मुभी, टेलिफिल्म र ईभेन्ट हरु पनि गर्दै छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia