model rashami lok dohari

२९ जेठ, इनरुवा।अग्रजलाइ सम्मान नयालाई प्रोत्साहन भन्ने मुल नाराका साथ सम्पन्न चौथो बायो लोकदोहोरी अवार्डको उत्कृष्ट लोकदोहोरी मोडल को उपाधी रश्मि तामाङ ले हात पारेकी छिन ।राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान उपत्यका समोनयन समितिको आयोजनामा सम्पन्न उक्त अवार्ड का क्रम मा रश्मी निकै नै आकर्षक पहिरनमा सहभागी भएकी थिईन । उनको पहिरनले सहभागी अन्यलाई पनि आकर्षित बनाएको थियो ।

केहि समय अगाडी मात्र बागमती अञ्चल बेस्ट मोडेल अवार्ड अन्तर्गत सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला को उपाधी जित्न सफल रश्मी अर्को पनि अवार्ड हात पारेपछि दङ्ग परेकी छिन । रश्मीले हालसम्म करिब २५० भन्दा बढी लोक दोहोरी गीत मा अभिनय गरिसकेकी छिन भने केहि आधुनिक तथा पप गीत मा पनि मोडलिङ गरिसकेकी छिन ।नृत्य मा अब्बल मनिने रश्मी तामाङ प्राय म्युजिक भिडियो निर्देशक को रोजाईमा पर्ने गर्छिन ।राजधानीको प्रज्ञाप्रतिष्ठान मा भएको कार्यक्रममा २० विधाका सर्जकहरुलाई अवार्ड वितरण गरिएको थियो भने साङगितिक क्षेत्रका अग्रज हस्तीहरुको बाक्लै उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia