२७ जेठ, रविन्द्र साह ।सप्तरी जिल्लालाई सन २०१६ भित्रै खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्नुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीको आयोजनामा बुधबारदेखि राजविराजमा आयोजित तीन दिने इकोसान प्रवद्र्धन तालिमको उदघाटन समारोहमा सहभािगहरुले सो कुरामा जोड दिएका हुन ।

खानेपानी कार्यालयका निमित्त प्रमुख प्रभु नारायण चौधरीको अध्यक्षतामा आयोजित सो तालिमको उदघाटन समारोहमा जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सचिवालय कार्यक्रम संयोजक मिथिलेश कुमार यादव, पत्रकार शुभ नारायण यादव, तालिमका प्रशिक्षकद्वय श्रीरेन्द्र पोखरेल, संगिता पोखरेल, खानेपानी कार्यालयका असर्फी कामैत लगायतका बक्राहरुले सरसफाई अभियानमा सप्तरी जिल्ला पनि अगाडी बढीरहेकोले सो अभियानको सबैको सहयोगको आवश्कयता रहेको बताउनुभयो ।

उक्त तीन दिने तालिममा जिल्लाको विभिन्न २५ गाविसका सहजकर्ताहरुको सहभागिता रहेको आयोजक खानेपानी कार्यालयका हरी नारायण यादवले जानकारी दिनुभयो

तपाईको प्रतिक्रिया

trusted online casino malaysia