२६ जेठ, रविन्द्र साह सप्तरी।सप्तरीको कञ्चनरुप नगरपालिका ९ स्थित आर्दश टोलमा रहेको भृकुटी माध्यमिक विद्यालयमा मंगलबार ईश्वरी ऋषि पोखरेल छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष हृदयनारायण चौधरीको अध्यक्षता तथा निर्वाचन आयोगका पुर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै पोखरेलले आफनो बुवाको नाममा रु १ लाखको ईश्वरी ऋषि पोखरेल अक्षय कोष खडा गरी त्यसबाट आउने ब्याजले प्रत्येक बर्ष अत्यन्त गरीव, दलित परिवारका जेहेन्दार २ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताए ।

खोटाङ्ग जिल्ला स्थित रहेको शारदा मा.वि खार्पामा पनी यो छात्रवृती दिने गरेको पोखरेलले बताए । सोही कार्यक्रममा सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझियाका डिएसपी निर्मल थापा, समाजसेवी महेन्द्र चौधरी, सरोज भण्डारी, विजय चौधरी, केसव ढकाल र विश्वनाथ न्यौपाने लगायतका ब्यतिmहरुले मन्तब्य ब्यक्त गरेका थिए । २०७२ सालको छात्रवृती कक्षा ९ मा अध्यनरत छात्र सिमा कुमारी सरदार र सन्जु कुमारी सरदारलाई जनही रु २ हजारका दरले छात्रवृती प्रदान गरियो । द्यिधालयका प्रअ कमलनरायण सिंहले विद्यालयका प्रगतीको बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia