२६ जेठ, रविन्द्र साह सप्तरी । कञ्चनरुप नगरपालिका ९ को आर्दश टोल स्थित भृकुटी माध्यमिक विधालयको मंगलबार बसेको अभिभावक भेलाले विधालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघ निर्विरोध रुपमा गठन गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा राजेन्द्र राम, सरोज भण्डारी, बालक दास चौधरी, र दुर्गानन्द लेखिले उम्मेदवारी दिएता पनी अन्त्यमा तीन जनाले समर्थन दिँदा सरोज भण्डारी सर्वसम्मतीबाट चयन भएका हुन ।

सदस्यहरुमा राधा देवी सरदार, निर्मला कुमारी चौधरी र गोविन्द कार्की चयन भएका छन् । यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा बालक दास चौधरी तथा सदस्यहरुमा शिवनरायण साह, गिता देवी सदा र पुहुपलाल सरदार चयन भएका छन् । विद्यालयका प्रअ कमलनरायण सिंह, जिल्ला शिक्षा कार्यालयका कंचनपुर केन्द्रका स्रोत ब्याक्ति राजेन्द्र प्रसाद यादव लगायतका ब्याक्तिहरुको सो अवसरमा उपस्थित रहेको थियो ।

नव निर्वाचीत अध्यक्ष भण्डारीले आफु विद्यालयको विकासमा लागीपर्ने प्रतिबद्वता जाहेर गरे । अभिभवाक भेला पूर्व विधालय ब्यवस्थापन समितिका अध्यक्ष हृदयनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia