२६ जेठ, रविन्द्र साह सप्तरी।सप्तरीको कञ्चनरुप नगरपालिकाको सहयोग तथा नेपाल जन कल्याण संस्था राजबिराजको आयोजनामा मंगलबारदेखि नगरपालिकाको वडा नम्बर ६ का युवाहरुको लागि २१ दिने ड्राईभिङ्ग तालिम शुरु भएको छ । आयोजक संस्थाका अध्यक्ष संजिव कुमार गुप्ताको अध्यक्षता तथा नगरपालिकाका समाजिक विकास शाखा प्रमुख राजेश कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै यादवले शिप बिना अहिलेको युगमा मानिस अपाङ्ग जस्तै हुने हुँदा राम्रो संग सिप सिकेर आफ्नो जीवनलाई राम्रो बनाउन आग्रह गरे ।

कार्यक्रममा संचारकर्मी उत्तम आचार्यले सिप सिक्न कुनै ठुलो कुरा होईन यसलाई ब्यवहारमा उतारेर रोजगारी हुनुलाई नै बढी महत्व दिने हुँदा लगनशिल भई तालिम सिकेर समाजमा नमूना बन्न आग्रह गरे । कार्यक्रममा नगरपालिकाका लेखापाल ललन प्रसाद गुप्ता, सहजकर्ता सुशिला चौधरी र सरगमाथा ड्राईभिङ्गका प्रशिक्षक राहुल सिंह लगायतकाले मन्तब्य ब्यतm गरेका थिए । तालिममा १० जनाको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia