inaruwa sacharta jilla ghosna tayari
जेठ २४ इनरुवा /जिल्ला शिक्षा कार्यालय सुनसरीले साक्षर जिल्ला घोषणाको तयारी थालेको छ ।आउदो असार महिना भित्र साक्षर जिल्ला घोषणा गर्ने लक्ष अनुसारको तयारी अघि बढाइएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ ।शिक्षा कार्यालले आज पत्रकार सम्मेलनको आयोजना गरी तयारीका बारे जानकारी गराएको हो ।९५ प्रतिशत साक्षरता प्रतिशतको सरकारी तथ्याङकलाई आधारमानि शिक्षा कार्यालय सुनसरीले जिल्लालाई साक्षर घोषणा गर्न लागेको जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।

१५ वर्ष देखि ६० वर्ष उमेर समूहका जनसंख्याको ९५.३२ प्रतिशत साक्षर रहेको सुनसरी साक्षर जिल्ला घोषणा तयारीका लागि पर्याप्त रहेको कार्यालयले जनाएको छ ।सुनसरी जिल्लामा २०७० सम्म कक्षामा आधारित शिक्षा प्रणाली संचालनमा रहेको थियो भने २०७१ बाट विद्यार्थीहरुलाई परिचालन गरी निरक्षर संख्या संकलन गर्नुका साथै उनिहरुलाई साक्षर बनाउने कार्यक्रम संचालनमा ल्याइएको थियो  ।शिक्षा कार्यालय सुनसरीका अनुसार जिल्लामा अब निरक्षरको सँख्या ५ हजार ७ सय ६५ मात्र रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia