patrakarita talim saptari hanuman nagar

२३ जेठ, रविन्द्र शाह सप्तरी। नेकपा माओवादी केन्द्रका पोल्टीव्युरो सदस्य तथा सप्तरी क्षेत्र नम्बर २ का सांसद अशोक कुमार मण्डल अमरले पत्रकार र पत्रकारिताको विकासका लागि राज्यलाई ध्यान दिनु पर्ने बताएका छन् । सप्तरीको हनुमाननगर नगरपालिकामा आईडिया नेपालले सञ्चालन गरेको ५ दिने आधारभूत पत्रकारिता तालिमलाई शनिवार उद्घाटन गर्दे सांसद मंडलले पत्रकार राज्यको विकासमा अहम भुमिका खेलेकोले पत्रकारिताको विकास र पत्रकारको संरक्षणमा राज्यलाई लगानी गर्नु पर्नेमा जोड दिए । उनले देशमा एक गाउँ र एक पत्रकारमा हुनु पर्ने बताउँदै ग्रामिण क्षेत्रमा पत्रकारिता विकासका लागि आफु प्रतिबद्ध रहेको बताए ।

मण्डलले पत्रकारिता क्षेत्रलाई सप्तरी जिल्लामा अझ सुदृढ बनाउन तथा पत्रकारको संख्या बढाउनका लागि प्रत्येक गाउँमा पत्रकारिता तालिमको आवश्यकता रहेको र यसको लागि सवै निर्वाचन क्षेत्रमा बजेटको व्यवस्थापन गर्नु पर्नेमा जोड दिए । यस्तै तालिमका प्रशिक्षक विनय कर्णले अहिले सम्म स्थानिय सरकारको बजेट भौतिक विकासमा बढी केन्द्रित भएकोले अब बौद्धिक विकासमा लगानी गर्नुपर्ने बताए । उनले पत्रकारिताको तालिमबाट वौद्धिक विकास हुनुका साथै समाजमा रहेका बेथितिहरु जनसमक्ष आउने विश्वास ब्यक्त गरे ।

आइडिया नेपालका अध्यक्ष निरज कुमार मण्डलको अध्यक्षतामा आयोजना गरेको पत्रकारीता तालिममा नेपाल पत्रकार महासंघ सप्तरीका सचिव ओम प्रकाश शाह, चन्द्रमा एफएमका स्टेशन मैनेजर शैलेश कर्ण लगायतले पत्रकारिताको विकास हुनुपर्नेमा जोड दिएका थिए । जिल्ला विकास समिति सप्तरी, सांसदकोषको सहयोगमा सञ्चालित तालिममा २६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia