mahila tot training1
इनरुवा जेठ २२/सुनसरीमा रहेका नागरिक सचेतना केन्द्रमार्फत स्थानीयतहमा सचेतिकरण सहितको सशक्तिकरण अभियानकालागि सामुदायिक विकास कार्यक्रम संचालनमा ल्याइएको छ ।जिल्लामा गठन गरिएका १ सय २८ वटा नागरिक सचेतना केन्द्रमा आवद्ध सहजकर्ताहरुकालागि जिल्लामा ५ चरणमा सचेतिकरण सहितको सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।नेपाल सरकार तथा वेलायत सरकारको सहयोगमा संचालित सामूदायिक विकास कार्यक्रम अन्र्तगत प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागि सहजकर्ताहरुकालागि ५२ दिन सम्म सचेतना केन्द्रमा गरिने विविध गतिविधीका बारेमा सहजिकरण गराइएको थियो ।

mahila tot training

तालिममा सुनसरीका जिल्ला शासन विज्ञ सत्यनारायण चौधरीे, जिविस सुनसरीकी  सामाजिक विकास अधिकृत माया राई , कार्यक्रम जिल्ला संयोजक संयोजक सरस्वती कोइराला, शुसासन अधिकृत विमला पर्साइ लगायतकाले सहजिकरण गरेका थिए ।पाँचौ चरण सम्म चलेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा १२८ जनाको सहभागिता रहेको थियो । प्रशिक्षण पश्चात महिला शशक्तिकरणको पाटो मजबुतहुने आयोजकको दाबी छ ।  प्रत्येक नागरिक सचेतना केन्द्रका सहजकर्ताहरुले स्थानीयतहमा ३० जनाका दरले  सशक्तिकरण गर्नेछन् । ३८६० सदस्यलाई सशक्तिकरण गराइने लक्ष्य लिएको सामुदायिक विकास कार्यक्रम संयोजक कोइरालाको भनाई छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia