२२ जेठ, रविन्द्र साह सप्तरी।नेपाल मधेश फाउण्डेशनद्वारा संचालित “मिथिलामा नागरिक आवाज तथा जवाफदेही शासन सवलीकरण परियोजना” अन्तरगत १६ समूहको तालिम सम्पन्न भएको छ । सप्तरीको गोईठी, डाढा, मलेठ र नकटी रायपुर गाविसमा स्थानीय सेवा प्रदायक संस्थाले प्रदान गर्ने सेवा सुबिधाहरुको बारेमा जानकारी एवं सो सेवा सुबिधा प्राप्त गर्ने तरीकाहरुको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

सम्पन्न तालिममा उक्त चार वटै गाविसका १६ वटै समूहका १५÷१५ जना स्थानीय सेवाप्रदायक संस्थाहरु विद्यालय, स्वास्थ्य चौकी र गाविसको कार्यालयबाट प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी दिइएको जिल्ला संयोजक भुपेश कुमार भुपले जानकारी दिनुभयो । तालिममा नेपाल मधेश फाउण्डेशनका सामुदायिकका चारै वटा गाविसका परिचालकहरु कपलेश्वर सरदार, सिदियानन्द कामैत, निलम कर्ण, कालिप्रसाद यादवका साथै जिल्ला संयोजक भुपले सहजिकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia