२२ जेठ, रविन्द्र साह। सप्तरीको शम्भुनाथ नगरपालिकामा शुक्रबारदेखि मुढा बनाउने तालिम शुरु भएको छ । शम्भुनाथ नगरपालिका कार्यालयको सहयोग तथा दलित सेवा संघ सप्तरीको आयोजनामा शुरु भएको सो तालिमको एक कार्यक्रमका बीच शम्भुनाथ नगरपालिका वडा नम्बर ७ र ८ का वडा सचिव भोलाप्रसाद यादवले उद्घाटन गर्नुभयो ।

दलित सेवा संघ सप्तरीका अध्यक्ष पवन सरदारको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा शम्भुनाथ नगरपालिकाका सल्लाहकर समितिका सदस्य सबुरलाल साह, नेकपा माओवादी केन्द्रका प्रतिनिधी अनिलकुमार भगत, नेपाली काँग्रेसका प्रतिनिधी सुरेन्द्र प्रसाद भगत, नेकपा एमालेका जितेन्द्र प्रसाद गुप्ता, तमलोपाका नारायण चौधरी, पत्रकार राजु विश्वकर्मा, उत्पीडित दलित समाजका राजेश राम लगायतले बोल्नुभयो ।

दलित सेवा संघ सप्तरीका सचिव ललित कुमार सरदारद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष रामस्वागत विश्वकर्माले स्वागत गर्नुभयो । नगरपालिकाभित्रका ११ वटै वडाका ५५ जनाको सहभागिता रहेको सो तालिममा हुमादेवी थापा मगर र मटुकलाल सदाले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia