२२ जेठ, रविन्द्र साह सप्तरी। सप्तरीका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी हुन नसकेपछि अभिभावकहरु बालबालिकाका लागि आफै खाजा ल्याएर खुवाउन थालेका छन् । जस वापत विद्यालयले दैनिकी रु. १२ को दरले प्रोत्साहन स्वरुप खाजा भत्ता दिने गरेको छ । सरकारले सामुदायिक विद्यालयहरुमा प्राथमिक तहका विद्यार्थीहरुका लागि विद्यालयमै खाजा खुवाउने व्यवस्था मिलाएको थियो ।

तर, त्यसमा व्यापक अनियमितता तथा खाजा गुणस्तरिय नभएको अभिभावकहरुले गुनासो गरेपछि जिल्ला शिक्षा कार्याल सप्तरीले अहिले अभिभावक स्वयमले नै खाजा खुवाए वापत सो भत्ता दिने गरेको जनाएको छ । जस वापत विद्यालयले अभिभावकले खुवाउने खाजाको प्रति दिन रु. १२ को दरले मासिक रुपमा प्रोत्साहन स्वरुप भत्ता दिने गरेको हो ।

जिल्ला शिक्षा कार्यालय सप्तरीले अभिभावक स्वयमंले खाजा खुवाउने व्यवस्था अहिले सप्तरीको ५७ वटा विद्यालयमा लागु गरिएको जनाएको छ । सप्तरीका जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले शैक्षिक सत्र २०७३ साल बैशाख महिनाबाट जिल्लाको ५७ वटा विद्यालयहरुमा अभिभावक स्वयमं खाजा खुवाउने र सो वापत रु. १२ का दरले खाजा वापत रकम दिने व्यवस्था गरेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia