२० जेठ, रविन्द्र साह सप्तरी।राष्ट्रिय प्राथमिक विद्यालय लक्षणपटी विद्यालयका प्रअ प्रभु नारायण यादवलाई एक समारोहबिच बुधबार बिदाई गरिएको छ । विद्यालयका प्रअ प्रभु नारायण यादवको अध्यक्षता तथा समाजसेवी देवी लाल चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा भुपु गाविस उपाध्यक्ष रामनाथ यादव, उमावि पत्थरगाढाका प्रअ देवु प्रसाद यादव, निमावि कुशहा अर्नाहाका प्रअ धर्मदेव साह, निमावि कचनदाहाका प्रअ शिब नारायण यादव, रा.प्रा.वि.का प्रअ धनराज शर्मा, शिक्षक कर्णदेव चौधरी, निमित्त प्रअ बद्री नारायण साह सहितकाहरुले प्रअ यादवले गर्नुभएको योग्दानको बारेमा चर्चा गर्नुभएको थियो । शुरुमा ७ लाख ८ हजार ३ सय ५२ रुपैयाँ ९५ पैसा संचित गरेर संचालन गरिएको उक्त विद्यालयका प्रअ यादव रा.प्रा.वि. सिरकजरी सरुवा भएकोले भव्य समारोहबिच बिदाई गरिएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia