१७ जेठ, रविन्द्र साह सप्तरी ।सन् २०१५ मा सप्तरीलाई पुर्ण साक्षर जिल्ला बनाईएपनि ग्रामिण भेगका अधिकांश दलित महिलाहरु अझैं निरक्षर नै रहेका छन् । उनीहरुलाई अक्षर चिन्न समेत आउँदैन् ।शिक्षाको पहुँचबाट कोही पनि टाढा नरहुन तथा निरक्षरलाई पुर्ण साक्षर बनाउँनका लागि सरकारले करौडौ रकम खर्चेर अभियान संचालन गरेको थियो । तर, सरकारको उक्त लगानी वालुवामा पानी हाले सरह भएको छ ।

सप्तरीको बेल्ही चपेना गाविस २ दलित बस्तीका अधिकांश दलित महिलाहरुलाई आफ्नो नाम लेख्न त परै जाओस् अक्षर समेत चिन्न आउँदैन् । सो दलित बस्तीमा बसोबास गर्ने करिब पचास परिवारमध्ये दुई चार जना बाहेक अधिकांश महिलाहरु अझै कागजमै साक्षर रहेकी छिन । स्थानीय ललिता देवी खंग भनिन्, “बुढेसकालमा पढेर के गर्ने त ?” उहाँ जस्तै त्यहाँका अधिकांश महिलाहरुको यस्तै कुरा भन्छन् ।सरकारले करोडौं रकम खर्चेर निरक्षरलाई पुर्ण साक्षर बनाउँनका लागि गरेको लगानी त्यहाँका महिलाहरुको लागि वालुवामा पानी हाले सरह भएको स्थानीय जानकारहरु बताउँछन ।

कुनै पनि कार्यक्रम हुँदा त्यहाँका दलित महिलाहरुलाई आप्mनो नाम लेख्न लजाउछन् । सरकारले आफुहरु जस्तो निरक्षरलाई साक्षर बनाउँनका लागि कक्षा संचालन गरेपनि आफुहरुले पढ्न नपाएको स्थानीय आशादेवीले बताइन् । उहाँले दुख ब्यक्त गर्दै भन्नुभयो, “बुढेसकाल भएकाले पनि पढ्न जागर नलागेको नपाएको तर छोराछोरीहरुलाई शिक्षाको पहुँचबाट टाढा राख्दिन् ।”बेल्ही चपेनाका महिला जस्तै अवस्था रहेको छ, सप्तरीको अन्य गाविसका महिलाहरुको ।

जिल्ला शिक्षा कार्यालयले करोडौं रकम खर्चेर निरक्षरलाई साक्षर बनाउँनका लागि साक्षरता अभियान संचालन गरेपनि व्यवहारमा भने थोरै निरक्षरहरु साक्षर भएका छन् ।सप्तरीमा मात्र करिब ६ करोडको हाराहारीमा जिल्लाभरीका निरक्षरहरुलाई पुर्ण रुपमा साक्षर बनाउँनका लागि जिल्ला शिक्षा कार्यालय सप्तरीले विभिन्न संघ संस्था मार्फत साक्षरता अभियान संचालन गरेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia