13282117_1066443830070210_858837955_n
इनरुवा जेठ १२/ इनरुवा नगरलाई साक्षर नगर घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ ।
इनरुवा नगरपालिकाको कार्यालयले इनरुवा नगरका सबै वडाहरुलाई एकसाथ साक्षर घोषणा गर्न लागेको हो ।
नवयुुव वहुउद्येशीय सहकारी संस्था बलाहाले साक्षर नगर घोषणा अभियानको तयारीलाई अघि बढाइरहेको छ ।
संस्थाका अध्यक्ष खेमराज पोखरेलले १५ वर्ष देखी ६० वर्ष उमेर समूह भित्रको जनसंख्याको ९५ प्रतिशत साक्षर संख्यालाई आधार मानी इनरुवा नगरलाई साक्षर घोषणा गर्न लागिएको बताउनुभयो ।

13275762_1066443710070222_1312514875_n
अभियानको क्रममा सरोकारवालाहरुले साक्षर व्यक्तिहरुको तथ्याङक संकलनका लागि संचालनमा ल्याउँदै आएको घरदैलो कार्यक्रम समेत पुरा भैसकेको इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताले जानकारी दिनुभयो ।
इनरुवा नगरपालिकाका साथै जिल्ला शिक्षा कार्यालय सुनसरीले इनरुवा नगरमा साक्षरता अभियानको पूर्णताकालागि साथ र सहयोग जनाउँदै आएको छ । यही १४ गते इनरुवालाई साक्षर नगर घोषणा गरिँदै छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia