helicotrot-crash

८ जेठ, टर्बेस (फ्रान्स)। फ्रान्सको पिरेनिजमा प्रहरीको हेलिकोप्टर दुर्घटना हुदा त्यसमा रहेका चार जना प्रहरीको ज्यान गएको समाचार छ । फ्रान्समा पछिल्लो समयमा भएका यस्ता त्रासदीपूर्ण दुर्घटनाजस्तै लाग्ने सो दुर्घटनामा फ्रान्सेली प्रहरीको हेलिकोप्टर परेको हो । दुई हजारदेखि तीन हजार मिटरको उचाइमा रहेको सो हेलिकोप्टर एक्कासी खसेको थियो । फ्रान्सको उच्च पहाड भिजनमाले नजिकै सो हेलिकोप्टर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा दुई जना हेलिकोप्टर चालक र दुई प्रहरी रहेका छन् । पहाडमा भएका दुर्घटनाहरुको उद्धारको काममा खट्ने गरेका विशेषज्ञ सो दुर्घटनामा मारिएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia