cambbbb

१ जेठ, बिर्तामोड । झापाको बिर्तामोडस्थित क्याम्ब्रिज इन्स्टीच्यूट अफ टेक्नोलोजी र भारत सिमलाको एपी गोयल सिमला युनिभरसिटीबीच शैक्षिक सम्झौता भएको छ । उक्त सम्झौतामा क्याम्ब्रिज इन्स्टीच्यूट अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक शिशिर सिंखडा र एपी गोयल सिमला युनिभरसिटी एसिस्टेन्ट डाइरेक्टर पंकज काजलाबीच हस्ताक्षर भएको थियो ।

प्लस टु उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न भारत जाने नेपाली विद्यार्थीहरुका लागि भारतको सिमलास्थित एपी गोयल सिमला युनिभरसिटी उत्कृष्ट शैक्षिक गन्तव्य बनेको एपी गोयलका काजलाले बताए । नेपालको जस्तै भू–बनोट, मौसम, खानपान, रहनसहनसिमलाको पनि भएकोले पछिल्लो समय उक्त कलेजमा अन्य देशकोभन्दा नेपालका विद्यार्थीहरु अध्ययन गर्न बढी आएको काजलाले बताए । सन् २०१२मा स्थापित उक्त कलेजमा नेपालसहित १८ वटा अन्य देश र भारतका २४ वटा प्रान्तका करिब २ हजार जना विद्यार्थ अध्ययनरत् रहेका छन् ।

ती विद्यार्थीहरुमध्ये २ सय जना भन्दा बढी नेपाली विद्यार्थीहरु त्यहाँ अध्ययनरत् रहेको काजलाको भनाइ छ । इञ्जिनियरिङ एण्ड टेक्नोलोजी, होटल एण्ड टुरिजम म्यानेजमेन्ट, फेसन एण्ड टेक्सटाइल, मिडिया एण्ड कम्युनिकेशन, एप्लाइड साइन्स, विजनिस म्यानेजमेन्ट, लिग स्टडी एण्ड रिसर्च, आर्किटेक्चर एण्ड प्लानिङ विषयका डिप्लोमादेखि पिएचडीसम्म पढाई हुने उक्त कलेजमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिसहित भर्ना लिइने काजलाले बताए ।

त्रिभुवन विश्व विद्यालय काठमाडौं र एपी गोयल सिमला युनिभरसिटीबीच शैक्षिक आदानप्रदान कार्यक्रम शुरु गरिएको बताउँदै काजलाले यसले नेपाली विद्यार्थीहरुलाई मद्दत पुग्ने बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia