Tuladhar-Darnal music video

३० वैशाख, इनरुवा ।यतीखेर गायक तुलधार दर्नाल दंग छन । उनको नयाँ गीत भिडियो बज्नु अगाडि नै सबैले मन पराएका थिए , अहिले म्युजिक भिडियो निर्माण पछी सबैले भिडियो तथा गीतलाई उत्कृष्ट भनेपछी उनी यती बेला दंग छन ।तुलाधार दर्नाल संभाबना बोकेका गायक हुन । झन्डै एक दसक अघिदेखैनै नेपाली सुगम संगीतमा सकृय तुलाधारले आफ्नो पहिलो एल्बम ‘समर्पण’ सार्वजनिक गरेको ७ बर्ष पछि नयाँ म्युजिक भिडियो लिएर प्रस्तुत भएका छन ।

सार्वजनिक भएको ‘मेरो मुटु तिमी’ बोलको गीतको तथा भिडियोको अहिले चौतर्फी चर्चा भएको छ । उत्कृष्ट शब्द तथा संगीत संयोजन, उत्कृष्ट भिडियो निर्माणले यसको चर्चा चुलिएको हो । यस् गीतमा अहिलेको सफल गायिका निखिता थापाले पनि गायकलाई साथ दिएकी छिन् ।गीतमा प्रेम प्रणयका शुन्दर भावहरु समेटिएको छ, जसलाई मोहन अधिकारीले शब्दमा उतारेका छन । गीतमा गायक तुलाधरको संगीतमा विजेश्वर राज तण्डुकारको संगीत संयोजन गरेका छन ।

Tuladhar-Darnal music video1

क्लासिकल सफ्ट रोमान्टिक यस गीतलाई वेस्टर्न शैलीको नयाँ स्वादमा सुन्न पाइन्छ । भिडियोलाई अहिलेका ‘हट केक’ निर्देशक नव ढुंगेलले निर्देशन गरेका छन । ढुंगेल पछील्लो पटक म्युजिक भिडियो तथा बिज्ञापन निर्माणमा ब्यस्त छन, उनी आर्टिस्टनेपाल डट कमका संस्थापक पनि हुन । भिडियोलाई अमृत सुनुवारले छायाङ्कन गरेका छन भने आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा माधव बेलबासेको सम्पादन गरेका छन् । भिडियोमा राजिब बस्नेत र सम्पदा बानियाँले अभिनय गरेका छन् ।

संगीत प्रक्षिशकको रुपमा लामो समय देखि आबद्द तुलाधारको पहिलो एल्बम समर्पणको ‘बीचै नदिमा तिमीले’ गीत तथा भिडियोको पनि धेरै चर्चा भएको थियो । मोरङ सिजुवा निवासी दर्नाल भर्खर मात्रै बजारमा आएको ‘मेरो मुटु तिमी’ बोलको गीतले अहिले बजारमा चर्चा बटुल्न थाले पछि पुन दर्शकश्रोताको माया पाउनेमा आशाबादी रहेका छन । यस् गीतलाई जिनियस म्युजिकको प्रस्तुती रहेको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia