झापा १५ असोज / एक आपसमा खुट्टा तान्ने प्रवृतिका कारण झापामा पुस्तक तथा स्टेशनरी व्यवसायीहरु एक मत हुन नसकेको व्यवसायीले नै आरोप लगाएका छन् । व्यावसयमा अस्वस्थ प्रतिस्पर्धा अनि आफ्नै हटका कारण व्यवसायी तथा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अवस्था पनि दयनीय हँुदै गएको बताउदै व्यवसायीले यस्तो आरोप लगाएका हुन् ।
महासंघ झापा शाखाको आज बिर्तामोडमा भएको छैठौ अधिवेशनका सहभागी वक्ताले बौद्धिक क्षेत्रमा आवद्ध व्यक्तिले गर्ने यो व्यवसाय नाम अनुसारको काम हुन नसकेको उनीहरुले नै स्वीकारेका छन् । व्यवायी दिपेन्द्र पौडेलले खुट्टा तान्ने गलप प्रवृतिलाई पछि पार्दै महासंघलाई सम्वृद्ध वनाउन सबै व्यवसायी लागि पर्नु पर्ने वेला आएको बताउनुभयो । उहाँले एक आपसमा भएका असमझदारीलाई चिर्दै नयाँ सोच विचारका साथ महासंघले स्वरुप वदल्नु पर्ने धारणा राख्नुभयो ।
महासंघका सल्लाहकार दुर्गाप्रसाद पौडेलले उद्घाटन गर्नुभएको कार्यक्रममा स्वागत प्रेमचन्द्र भण्डारीले गर्नुभएको थियो । महासंघका अध्यक्ष फडिन्द्रराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सञ्जय सापकोटा,महासंघका सदस्य इश्वरी न्यौपानेले गर्नुभएको थियो । अधिवेशनको वन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
@purbelinews.com