बझाङ / मदिरा सेवन गरी गाउँमा होहल्ला गर्नेलाई जरिवाना गरेको रकमले दुर्गम दौलीचौरका बासिन्दाले विद्यालयको पक्की भवन निर्माण गरेका छन्।   दौलीचौर केही वर्षअघिसम्म जिल्लाकै सबैभन्दा बढी झैझगडा हुने गाउँका रुपमा चिनिएको थियो। त्यहाँका बासिन्दाले मदिराका कारण गाउँको बदनामी भएको भन्दै अभियान नै चलाएर जरिवानाको रकम सामाजिक काममा लगाएका हुन्।

 मदिरा सेवन गरी झैझगडा गर्नेहरबाट जरिवाना बापत करिब साढे १६ लाख संकलन भएको हो। उक्त रकमले विद्यालयको पक्की भवन, चौतारो र मन्दिर निर्माण गरिएको दौलीचौर मदिरा नियन्त्रण समितिका अध्यक्ष गोरखबहादुर बोहराले बताए।
जरिवानाबाट उठेको रकम र श्रमदान गरी झन्डै १४ लाखमा दौलीचौर माविको चारकोठे पक्की भवना, ५० हजारमा विद्यालयको चौतारो, १ लाख ५० हजार लागता विद्यालय परिसरमा सरस्वती मन्दिर र करिक २ लाख बराबरको घेराबार निर्माण गरसकेको प्रधानाध्इापक गजेन्द्रबहादुर खड्काले बताए। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia