timit mero dhadkan

१५ वैशाख।अहिले को आधुनिक परिवेश मा एउटा गीत निकालेर मात्र गायक(गायिका ले राम्रो स्थान पाउछ भन्ने अवस्था हटिसकेको छ ।
गीत रेकर्ड गरिसके पछि त्यस्को भिडियो बनाउने प्रचलन पनि अनिबार्य जस्तो भइसकेको छ ।यसै क्रम मा चर्चाको सिखर चुम्दै गरेका पप गायक आर के खत्री र नव गायिका शोभा अधिकारी को युगल आवाज मा रहेको तिमी मेरो धड्कन बोल को गीत को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

पुर्वको रमणीय स्थान, सप्तकोसी तथा काठमाडौ का दृश्य हरु कैद गरिएको छ । डि थ्री प्रोडक्सन नेपाल बाट निर्माण भएको उक्त भिडियोमा नव निर्देशक सुवास संकल्प को निर्देसन, सोम मग्राती को श्रृङ्गार तथा भुपेन्द्र तुम्बाहाम्फे को छायांकन रहेको छ । भिडियोको रोमन्टिक दृश्य हरुमा कलाकार राजबाबु बिसि र सोनु धिमाल लाई देख्न सकिन्छ ।

गीतमा गायिका सोभा अधिकारी कै सब्द रहेको छ भने एरेन्ज रिकेश गुरुङ को रहेको छ । गायक गायिका दुबैको कम्पोज रहेको उक्त अडियो गीत लाई रियल टाईम नेपालले बजार मा ल्याएको हो । भिडियोलाई बैशाख १ गते नै सार्बजनिक कार्यक्रम गरि बिमोचन गरिए पनि युटुब मार्फत भने भर्खरै मात्र डि थ्री कै युटुब च्यानल बाट सार्बजनिक गरिएको हो ।

http://www.youtube.com/watch?v=53l7Gstv3hY&sns=fb

तपाईको प्रतिक्रिया

trusted online casino malaysia