saddam samman3

१३ वैशाख,इनरुवा। सुनसरी, रामनगर भुटहा – ९ घर भएका सद्दाम हुसैन अंसारीले साउदी अरबको किंग साउदी युनिभर्षिटिबाट उत्कृष्ट विधयार्थिको सम्मान पाएका छन्।

विगद २ वर्ष देखि  “अरबिक भाषा तथा संस्कृति” विषयमा बि.ए. अध्यनरत सद्दामले उक्त सम्मान  १८।४।२०१६ (वैशाख ।०६।२०७३)  मा युनिभर्षिटि द्वारा आयोजना गरिएको वार्षिक कार्यक्रममा पाएकाहुन। निम्न वर्गिय परिवारका सद्दाम सानै देखि मेहनति र लगनशिल छन् ।प्रारम्भिक शिक्षा उनले बालकृष्ण उ. मा. वि. भुटाहाबाट हासिल गरेका हुन भने ‌+ २ को शिक्षा इनरुवा-९, बलाहा स्थित शारदा उ. मा. हासिल गरेका हुन। त्यसै गरि कम्प्युटर तथा सुचना प्रविधि सम्बन्धि २ वर्षको शिप मुलक तालिम इनरुवा-२ स्थित कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग बाट लिएका हुन।

saddam samman

उक्त वार्षिक कार्यक्रममा सद्दाम नेपाली टोपि तथा पोशाकमा सजिएका थिए, उनि भन्छन “आफु जहा भए पनि जे भए पनि यो मनमा नेपाल छ र म विश्वलाइ नेपाल चिनाउने प्रयत्न गर्छु।उनि सोहि विश्वविध्यालयले प्रदान गरेको क्षात्रावृती कोटामा छनौट भइ अध्यनरत हुन भने उनको आर्थिक अभावलाइ टार्न  विश्वविध्यालयले नै पार्टटाइम जबको रुपमा कम्प्युटर डाटा इन्ट्रि अपरेटरको काम दिएको हो। उनि भन्छन “नेपाल मै हुदा मैले लिएको शिप मुलक तथा कम्प्युटर तालिमले मलाइ सार्है नै सहज भएको छ।“


saddam samman4

saddam samman2

saddam samman1

तपाईको प्रतिक्रिया

trusted online casino malaysia