madhur album

१२ वैशाख, सुवास संकल्प, इटहरी ।साङगितिक क्षेत्र मा प्रवेश गर्नु अहिले सबैको सपना बन्दै आएको छ । चाहे एउटा गीत निकालेर होस या त एल्बम नै, गायन क्षेत्रमा प्रवेश गर्नेको लहर बढ्दो छ ।तर यो साङगितिक खहरे भेल भन्दा छुट्टै संघर्ष र मेहनतले गायन यात्रा मा उदाएका छन नवोदित गायक पुष्पराज बसेल । तेह्रथुम मा जन्मिएका पुष्पराज ले हालै मधुर नामक पहिलो एकल एल्बम लिएर साङगितिक क्षेत्रमा झुल्किएका छन । सानै देखी गीत गाउन रुचाउने पुष्पराज बिगत ८ बर्ष देखी निरन्तर संघर्ष गरिरहेका छन ।

मिठो स्वर का धनी उनले धेरै स्टेज कार्यक्रम हरुमा पनि आफ्नो प्रस्तुति दिइसकेका छन । आफुमा पनि गायकी कला र गला छ भन्ने आत्म बिश्वासका साथ आफ्नो गाउँ,ठाउमा हुने गायन प्रतियोगिता मा भाग लिदै उनले उत्कृष्ट स्थान हासिल गर्न सफल भैसकेका छन । उनि पहिलो ऎतिहासिक एकल गायन प्रतियोगिता “लिम्बुवान आईडल” को फाईनलिष्ट हुन भने अर्को गायन प्रतियोगिता पुर्वान्चल सिङगिङ स्टार -२ मा पनि दोस्रो स्थान हासिल गरेका थिए ।

परिश्रम, मेहनत र लगनसिलता बिना जिवन गुजारा चल्दैन र सफल हुन पनि सकिदैन भन्ने उनि हाल नेपाल प्रहरी मा लागेर जनताको अहोरात्र सेवा गरिरहेका छन । पुष्पराजले यति मात्र हैन आफ्नो गायन यात्रा संग-संगै पढाई लाई पनि निरन्तरता दिइरहेका छन । आफ्नो पढाई, जागिर र संगित लाई एकै साथ अगाडि बढाउने क्रममै उनले निकै मेहनत पछि आफ्नो पहिलो एल्बम मधुर बजार मा ल्याएका हुन ।
एल्बम सग-सगै उनले “वर वर सर्दै” बोल को गीत को म्युजिक भिडियो पनि तयार गरिसकेका छन । भिडियो मा अहिलेका चर्चित अभिनेत्री “बर्षा सिवाकोटी”  र “पुष्प खड्का” लाई देख्न सकिन्छ । अब केहि समय पश्चात भिडियो पनि रिलिज गर्ने र अर्को भिडियो को पनि तयारी मा लाग्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia