narendra basnet article book1

६ वैशाख, नरेन्द्र बस्नेत मोरङ ।

दिदी  :  कक्षा १,४ र कक्षा ६ को किताब होला सर ?
सर    :  छ नि दिदी किन नहुनु,तर किताबको भाऊ चाँहि बढेर आएको छ यसपटक ।
दिदी  :  किन नी पोहोर त यति धेरै थिएन त ?
सर    :   यसपटक हरेक कुराको भाऊ पनि बढयो,हामीले पब्लिकेशन पनि परिबर्तन गर्यौ,त्यसैले ।

माथिका संवादहरु एक निजि स्कुलका प्रिन्सिपल आफैले सञ्चालन गरेको मौसमी पुस्तक पसल र उनकै बिद्यालयमा अध्यायन गर्ने बिद्यार्थीका अभिभाबक बिचको हो । यी संवादहरु यतिबेला निजि स्कुलको पुस्तक बेच्ने हरेकजसो पुस्तक पसलमा सामान्य लाग्छन ।निजि बिद्यालयहरुका लागी यो मौसम मानौ केटाकेटीका लागी दशै आएजस्तै हो । यतिबेला प्रायजसो सबै बिद्यालयमा भर्ना अभियान चलिरहेको छ । यहि मौकामा कतिपय बिद्यालयका प्रिन्सिपल आफै मौसमी पुस्तक पसल सञ्चालन गरेर ब्रम्हलुट मच्चाईरहेका छन । उनीहरुको पुस्तक पसल बर्षमा १ महिना मात्र सञ्चालन हुने गरेको छ । यो एक महिनाको अबधिमा उनीहरु झण्डै बर्षदिनलाई पुग्ने रकम जोहो गर्ने गर्दछन ।

बिद्यालयको गेटमै पुस्तक पसल पसल सञ्चालन गरेर धेरैले यसलाई कमाई खाने भाँडोका रुपमा प्रयोग गरिरहेका छन । आफुलाई बढी कमिसन आउने भएपछि हरेक बर्ष ती बिद्यालयहरु फरक फरक प्रकाशन गृहका पुस्तकहरु प्रयोग गर्छन । जुन प्रकाशन गृहले आफुलाई मोटो कमिशन दिलाउँछ उसकै पुस्तक बिद्यालयमा बिक्री गरिँदा अभिभावक मर्कामा पर्ने गरेका छन । एउटा बिद्यालयले प्रयोग गरेको प्रकाशन गृहको पुस्तक अर्को बिद्यालयले प्रयोग नगर्दा त्यो प्रकाशन गृहको पुस्तक किन्न बाध्य भएर तिनै प्रिन्सिपल र उनले चाहेको पुस्तक पसलमा गएर पुस्तक खरिद गर्नुपर्ने अभिभाबकको बाध्यता समेत रहेको छ ।

एउटै पब्लिेकशनको पुस्तक बिद्यालयले प्रयोग गरे सहज हुने र खर्च पनि कम हुने भएपनि बिद्यालयले त्यसो गर्दैनन । उनीहरु मोटो कमिशनको लोभमा हरेक बर्ष प्रकाशन गृह परिबर्तन गर्छन । त्यसको असर बिद्यार्थीमा त पर्छ नै अभिभावकमा पनि त्यसको असर उत्तिकै पर्ने गरेको अभिभाबकहरु गुनासो गर्छन ।आफना छोराछोरीले राम्रो शिक्षा पाऊन भन्ने हेतुले अभिभाबकहरु ज्यालामजदुरी गरेर भएपनि महंगो शुल्क तिरेर निजि बिद्यालयमा अध्यायन गराईरहेका छन । तर कमिसनको लोभमा गरिने मनपरी र हरेक बर्ष आफनो बिद्यालय उत्कृष्ट भन्दै प्रचारप्रसार गरी अभिभाबकको आँखामा छारो हालेर बिद्यार्थी तान्न पल्किएका केही स्वघोषित बिद्यालयहरु गुणस्तरीय शिक्षाको नाममा आतंक फैलाईरहेका छन ।

बिद्यार्थी तान्ने अचम्मका काईदा
बालमैत्री बाताबरण,मन्टेश्वरी कक्षा,गुणस्तरीय शिक्षा,स्कुल बसको ब्यबस्था,होस्टेलको सुबिधा,लगायत इत्यादि आर्कषक नाराहरु त्यसमाथि पछिल्लो समय भुकम्प प्रतिरोधात्मक भवन लगायतका गुलिया नाराहरु लगाएर केही निजि बिद्यालयहरु अभिभाबको आँखामा छारो हाल्न बाध्य छन ।यति नारा सुनेपछि कुन चाँहि अभिभाबकले आफना छोराछोरी त्यो बिद्यालयमा भर्ना गर्न नलैजाला र ? २ जना बढी बिद्यार्थी भर्ना गरे एकजना फ्रि,पहिला देखि नै निजि बिद्यालयले प्रयोग गर्दै आएको फर्मुला हो । बिद्यालयमा कत्तिको गुणस्तरीय शिक्षा बिद्यार्थीले पाईरहेका छन भन्ने अभिभाबकलाई कमै हेक्का छ, तर बिद्यालयले दिने सुबिधा भन्दा गर्ने प्रचार प्रसारले चाँहि अहिले सम्म काम गरिरहेकै छ ।

मण्टेश्वरीको कमाल
पछिल्लो समय सबै अभिभाबक ब्यस्त बनेका छन । बिद्यार्थीका अभिभाबक कति बैदेशिक रोजगारीमा छन ,भएका पनि ब्यस्त छन । यहि मौकाको सदुपयोग गर्दै केही निजि बिद्यालयले मण्टेश्वरीको ललीपप देखाएर बिद्यार्थी तान्ने गरेका छन ।मण्टेश्वरी भनेको के हो भन्ने ज्ञान समेत नभएका र मण्टेश्वरी कक्षामा के के आबश्यत्ता छ भन्ने ख्याल समेत नभएकाहरुले मण्टेश्वरीको आर्कषक बिज्ञापन गर्दै ब्रम्हलुट मच्चाईरहेका छन । कतिसम्म भने करिब २ सय मिटरको दुरीमा ३ वटासम्म मण्टेश्वरी सञ्चालित रहेका छन ।

बिज्ञापनमा खर्च,बोझ अभिभाबकलाई
जिल्लाका ठुला शहर मात्र होईन,ग्रामिण क्षेत्रमा समेत निजि बिद्यालयको प्रचार प्रसार ब्यापक हुने गरेको छ । एउटै बिद्यालयले बार्षिक रुपमा लाखौको रकम बिज्ञापनमा खर्च गरिरहेको छ । त्यो रकम अभिभाबक लाई तिर्न लगाएको प्रमाण समेत फेला परेको छ । थुप्रै बिद्यालयले गुणस्तरीयता भन्दा पनि बिज्ञापनमा बढी खर्च गर्ने गरेका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia