ecuador-earthquake

६ वैशाख। ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २ सय ३५ पुगेको छ । भूकम्पका कारण १५ सय भन्दा धेरै मानिस घाइते भएको इक्वेडरका अधिकारीले बताएका छन् ।भूकम्प प्रभावित क्षेत्रमा उद्दार तथा राहतका लागि १० हजार सैनिक तथा तीन हजार पाँच सय प्रहरी परिचालन गरिएको त्यहाँको सरकारले जनाएको छ । उद्दार तथा राहतको काम चलिरहेको र भत्किएका भवनमा पुरिएकाको उद्दारको काम भइरहेकाले ज्यान जाने तथा घाइते हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।इटाली भ्रमणमा रहेका इक्वेडरका राष्ट्रपति राफेल कोरेए भूकम्प गए लगतै स्वदेश फर्केर राष्ट्रिय आपतकालको घोषणा गरेका थिए । तत्कालका लागि भूकम्पमा परेर जीवित रहेकाहरुको खोजीलाई प्राथमिकता दिइने उनले बताएका छन् । भूकम्पका कारण धेरै भौतिक क्षति भएको छ । धेरै घर तथा भौतिक संरचना भत्किएका छन् । हिजो बिहान इक्वेडरको उत्तरी पश्चिमि तटिए क्षेत्र केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।न्युज२४ बाट

ecuador-earthquake1

तपाईको प्रतिक्रिया

trusted online casino malaysia