४ वैशाख, काठमाडौँ । जापानको दक्षिणी क्षेत्रमा फेरी अर्को शक्तिशाली भूकम्प गएको छ । शुक्रबार राति ९ बजेर १० मिनेट जाँदा जापानको दक्षिणी क्युशु आइल्याण्डको कुमामोटो शहरलाई केन्द्र विन्दु बनाई ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।

पछिल्लो भूकम्पका कारण तीन जनाको ज्यान गएको पुष्टी भएको छ । यसअघि क्युहशु आइल्याण्डको कुमामोटो नै केन्द्रविन्दु भएर बिहीबार राति ६ दशमलव ४ रेक्टर स्केलेको भूकम्प जाँदा ९ जनाको ज्यान गएको थियो । शुक्रबारको भूकम्पले अघिल्लो दिनको भन्दा कडा धक्का दिएको छ भने सुनामीको चेतावनी दीइएपनि फिर्ता लिईएको छ ।जापानमा लगातार भूकम्प गएपछि धेरै मानिस बाहिर सडकमा बसेका छन् । जापानमा गएको भूकम्पको उद्दार तथा राहतको काम भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia