water Crisis At India२५ चैत्र, काठमाडौं । भारतको तेलंगना राज्यमा चर्को गर्मीबाट ६६ जनाको ज्यान गएको छ । तेलंगनमा उग्र गर्मीका कारण अप्रिल ६ सम्ममा ६६ जनाको ज्यान गइसकेको त्यहाँको राज्य सरकारले जनाएको छ । तेलंगना सरकारका अनुसार सबैभन्दा धेरै २८ जना सर्वसाधरण महबुबनगर जिल्लामा मरेका छन् ।
समाचार अनुसार अत्याधिक गर्मीले सुख्खा हुँदा भारतका विभिन्न प्रदेशमा पानीको हाहाकार भएको छ। भीषण सुख्खाले गर्दा महाराष्ट्रमा रहेको गोदावरी नदीको घाट १३९ वर्षमा पहिलो पटक सुक्न पुगेको छ। गोदावरी नदीको रामकुण्ड घाटमा नासिक कुम्भको आयोजना गरिने गरिन्थ्यो । तर यहाँ अहिले पानीको थोपो पनि नरहेको हो ।
सामाजिक कार्यकर्ता देवांग जानीका अनुसार सन् १८७७ मा गोदावरी नदी सुकेको थियो । जहाँ यो पटक पनि पानी छैन । भारतीय सञ्चारमाध्यमका अनुसार पानीका लागि मानिसहरु भागदौड गर्न थालेका छन् ।
क्रिकेट पिचमा पानी लाउन प्रतिबन्ध
यसैबीच मुम्बुई उच्च अदालतले बुधबार आईपीएल म्याचका क्रममा गरिने पानीको बर्बादीलाई अंकुश लगाएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका नाममा अदालतले जारी गरेको आदेशमा राज्यका कयौं भाग सुख्खासँग जुधिरहेकाले क्रिकेट पिचमा लाउने नाममा पानी बर्बाद नगर्न भनिएको छ । अदालतले राज्यका कयौं भूभागमा पानीको हाहाकार भइरहँदा क्रिकेट पिचमा पानी लाउनु अब अपराध मानिने आदेश अदालतले दिएको हो ।
त्यसैगरी महाराष्ट्रकै लातुरमा पानीको हाहाकार भएपछि कैदीलाई जेलबाट अन्यत्र सारिएको छ । उता मध्यप्रदेशको टीकमगढमा जामनी नदीबाट उत्तर प्रदेशका किसानले गरिरहेको पानी चोरी रोक्नका लागि स्थानी प्रशासनले सशस्त्र सुरक्षा फौज तैनाथ गरेको छ ।
टीकमगढकी नगरपालिका प्रमुख लक्ष्मी गिरीले बताए अनुसार पानी चोरी रोक्नका लागि हतियारसहितका १० जना गार्ड खटाइएको हो ।
 मुम्बईको उपनगरीय इलाका पनवेल र ठाणेमा पनि पानीको चरम संकट देखिएको छ । पनवेलमा पानीको स्टक केबल जुनसम्मका लागि मात्रै बाँकी रहेको छ ।
राज्यका सिँचाई मन्त्री गिरिश महाजनले बुधबार विधानसभामा बोल्दै ठाणेको पानी संकट टार्न उच्चस्तरीय बैठक बोलाइएको बताएका छन् । समाचार अनुसार भारतमा अहिले तापक्रम ४५ डिग्रीसम्म पुगेको छ । खानेपानी नभएपछि देशका विभिन्न ठाउँमा हिसांको अवस्था आएको छ ।अन्नपुर्ण पाेष्टबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia