२१ चैत्र, जाजरकोट। जाजरकोटमा एसएलसी परीक्षा दिँदा दिदै एक विद्यार्थीले बच्चा जन्माएकी छिन । जाजरकोटको सरस्वती उमावि केन्द्रबाट एसएलसी परीक्षामा सहभागी चैत २१ गते अनिवार्य गणितको परीक्षा दिंदादिंदै परीक्षार्थी गीता बुढालाई ब्यथा लागेपछि केन्द्रकै शिक्षिकाहरुले उनलाई सुरक्षित स्थानमा लगेर स्याहार गरेपछि उनले छोरी जन्माएकी हुन् ।

भर्खरैकी सुत्केरी गीताले परीक्षा दिन भने छोडिनन् । बच्चा जन्माएको केही बेरमै उनले सोही विद्यालयकी कक्षा ९ की छात्रा कमला रेग्मीको सहयोगले परीक्षा दिएको केन्द्राध्यक्ष चौधरीले बताए । परीक्षाका बेला जन्मिएकी छोरीको नाम पनि परीक्षा राखिएको छ ।अहिले आमा र छोरीको अवस्था सामान्य रहेको छ ।जाजरकोटमा एसएलसी दिनुअघि नै अघिकांश छात्राको विवाह भइसकेको हुन्छ । १८ बर्ष मुनिका ६० प्रतिशत किशोरीले विवाह गर्ने गरेको महिला तथा बालबालिका कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia