प्यासिफिक सुनामी जानसक्ने चेतावनी

२१ चैत्र, काठमाडौं । दक्षिणपूर्वी एसियाको टापु राष्ट्र भानुआटुमा ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।बिहीबार भानुआटुमा ७.२ मा भूकम्प गएको अमेरीकी भूगर्व विभागले जनाएको छ । भूकम्पले पुर्याएको क्षतिबारे कुनै जानकारी आएको छैन ।

भूकम्पपछि सुनामीको चेतावनी
प्यासिफिक सुनामी चेतावनी केन्द्रले ७.२ म्याग्निच्युडको भूकम्पपछि सामुन्द्रिक टापु भानुआटुमा सुनामी जानसक्ने चेतावनी दिएको छ । अमेरिकी जियोलोजिकल सर्भेले सो भूकम्पको गहिराई २२.४ माइल रहेको बताइएको थियो ।

देशको उत्तर पश्चिम सान्टो केन्द्रविन्दू भएको सो भूकम्प लगत्तै भानुआटुको सरकारी निकायले सुनामी जान सक्ने चेतावनी दिए पनि पछि त्यसलाई रद्द गरेको थियो। आइतबार प्यासिफकि सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia