Pakistani troops

२१ चैत्र, इस्लामाबाद / उत्तरी वजिरिस्तान क्षेत्रको दुर्गम पहाडी इलाकामा गत दुई महिनायता पाकिस्तानी सैनिकले आतङ्ककारी विरुद्ध जारी राखेको कारबाहीको क्रममा २५२ भन्दा बढी आतङ्ककारी मारिएका छन् । पाकिस्तानी सैनिक स्रोतले आइतबार सो जानकारी दिएका छन् । सयौं सैनिक र लडाकू विमानको सहयोगमा यस कारबाही भएको, तर अझै पनि सवाल क्षेत्रमा लुकेर बसेका आतङ्ककारीहरु बाँकी रहेका बताइएको छ । अव अन्तिम चरणको कारबाही सवालमा बाँकी रहेको जनाइएको छ ।

गत दुई महिनादुेखि यस कारबाहीमा २५२ जना आतङ्ककारी मारिनुको साथै अन्य १६० जना भने घाइते भएका छन् । तर यस कारबाहीको क्रममा आठ पाकिस्तानी सैनिकको पनि ज्यान गएको र अन्य ३९ जना सैनिक घाइते भएका सैनिक प्रवक्ताले जानकारी दिएका छन् । गत फेब्रुअरीबाट पाकिस्तानी सैनिकले उत्तरी वजिरिस्तानको सवालको ६४० स्क्वायर किलोमिटर क्षेत्रमा तालिवान विरुद्ध कारबाही जारी राखेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia