pratyusha balika badhu1

२० चैत्र, मुम्बाई । चर्चित भारतीय सिरियल ‘बालिका बधु’ की ‘आनन्दी’ अथात् प्रत्युषा बेनर्जी शुक्रबार आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिइन् । धेरैले यसलाई आत्महत्या भने पनि प्रहरीले यो हत्या हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको छ । जब शुक्रबार उनको मृत्युको खबर फैलियो धेरैले यसलाई अप्रिल फुल माने । सामाजिक सञ्जालमा त यो समाचार अप्रिल फुल भनेर ट्रेन्ड नै चल्यो । तर, त्यो कुनै मजाक नभएर सत्यता थियो । प्रत्युसाले शुक्रबार साँझ ४ देखि ५ बजेको बीचमा अत्महत्या गरेको बताइएको छ । घटनाको १२ घण्टापछि प्रहरीले प्रत्युषाको प्रेमी राहुल राज सिंहलई बयानका लागि बोलाएको छ । प्रत्युषाको मुत्युपछि अस्पतालमा उनी गायब रहेका कारण धेरैले उनीमाथि प्रश्न सोझ्याएका थिए । ‘म निकै डराएको थिए । त्यही भएर प्रहरीलाई खबर गरिन,’ उनले भनेका छन् । राहुलका अनुसार पछिल्लो समय उनी डिप्रेसनमा रहेको र केही समयअघि दुवैबीच झगडा हुँदा कुदिरहेको कारबाट हामफाल्न समेत खोजेकी थिइन् ।

pratyusha balika badhu

तपाईको प्रतिक्रिया

trusted online casino malaysia