slc saptari exam students

२० चैत्र , राजविराज। एसएलसी परीक्षाको दोश्रो दिन शुक्रबार सम्पन्न नेपाली विषयको परीक्षामा दुई परीक्षा केन्द्रबाट तीन जना निरीक्षक निष्काशनमा परेका छन् ।टिकुलिया परीक्षा केन्द्रबाट निरिक्षक शिव दर्शन पासवान र कल्याणपुर परीक्षा केन्द्रबाट श्याम प्रसाद चौधरी र शिव कुमारी चौधरी निष्काशनमा परेका हुन् ।

जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईको नेतृत्वमा गएको परीक्षा अनुगमन टोलीले परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै निष्काशन गरिएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।यस वर्ष नियमित तर्फ ९ हजार १ सय २४ तथा एक्जामटेड तर्फ ६ हजार ७ सय ३० जना गरि कुल १५ हजार ८ सय ५४ जना परीक्षार्थीहरु एसएलसी परीक्षामा सहभागी भएका छन् । यस वर्ष सप्तरीमा गत वर्षको तुलनामा १ हजार ५ सय ९३ बढी विद्यार्थीहरु परिक्षामा सहभागि भएका छन् ।न्युजटुडेबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia