taliwan dead

२० चैत्र, काबुल  । अफगानिस्तानमा विद्रोह गरिरहेका तालिवान लडाकूका विरुद्ध अफगानिस्तानका विभिन्न प्रान्तमा गरिएको सुरक्षा कारबाहीमा परी शनिबार कम्तीमा पनि १५ जना तालिवान लडाकूको मृत्यु भएको समाचार छ ।

गत २४ घण्टाभित्र अफगानिस्तानका विभिन्न प्रान्तमा गरिएको तालिवानविरुद्धको सशक्त कारबाहीमा ती आतङ्ककारी मारिएका अफगान गृह मन्त्रालयले शनिबार जानकारी दिएको छ ।अफगान प्रहरी, सैनिक र गुप्तचर निकायको समेत सहभागीतामा भएको यस कारबाहीको क्रममा थप १० जना आतङ्ककारी पक्राउ पर्नुका साथै अन्य ११ जना घाइते भएका पनि सो मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

विज्ञप्तिका अनुसार सुरक्षा कारबाहीका क्रममा केही अफगान सैनिक पनि घाइते भएका छन् । तर के कतिजना सैनिक घाइते भएका थिए भन्ने बारेमा भने केही बताइएको छैन ।कारबाहीको क्रममा सुरक्षा अधिकारीहरुले भारी मात्रामा हातहतियारसमेत बरामद गरेको बताइएको छ । तर ती हतियारका बारेमा भने केही जानकारी दिइएको छैन ।तर यसबारे तालिवान विद्रोहीबाट कुनै प्रतिक्रिया आइसकेको छैन । प्राप्त पछिल्लो समाचारमा तालिवानहरुले हाल त्यहाँ आक्रामक रुपमा आक्रमण गर्ने गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia