नेपालको पानीमा गिद्दे नजर लगाउँदै मोदी सरकार, मोदीले अरु देशलाई गुहार्र्दै हिंड्नुको रहस्य यस्तो छ

indianpowerplant1१९ चैत्र । भारतको पश्चिम वंगाल राज्यको गंगा नदी किनारमा अवस्थित फरक्का शहरमा रहेको २३०० मेगावाट विजुली उत्पादन गर्ने पावर प्लान्ट पानीको अभावले केही समयका लागि वन्द भएपछि भारतमा पानीको महासंकट आउँदै गरेको अनुमान गरिन थालेको छ ।कोइलावाट विजुली निकालिने सो प्लान्टमा टर्वाइनहरु संचालनका लागि पानीको बाफ चाहिने हुन्छ र ठुला उपकरणहरु चिस्याउनका लागि पनि पानी चाहिने हुन्छ । तर गंगा नदीमा पानीको वहाव कम भएपछि गंगा नदीवाट लगिएको पानीको नहर नै सुक्न गई सो प्लान्ट वन्द गर्न वाध्य भएको हो ।

विविसिका अनुसार भारतका ठुला नदीहरु मध्ये प्रमुख गंगा नदीमा पानी २५ प्रतिशतले कम भएको वताइएको छ । लगातार दुई वर्ष सम्म मनसुन वर्षा निकै कम हुनु, जमीनवाट अत्यधिक पानी निकालिनाले पानीको सतह सुक्दै जानु, हिमालयवाट हिउँ पग्लेर वग्ने पानीको मात्रा कम हुँदै जानु जस्ता कारणले गंगा नदी मैदान आसपासका करिव ३५ करोड जनतालाई असर गर्ने भएको छ ।

भारतका ९१ ठुला जलाशयहरुमा कूल क्षमताको २९ प्रतिशत मात्र पानी रहेको केन्द्रिय जल आयोगले जनाएको छ । यी जलाशयहरु वाटै भारतमा जलविद्युत निकालिन्छ र खानेपानी तथा सिंचाइमा पनि यसले सहयोग पु¥याउने गर्दछ ।नदीहरु कम भएको भारतको पश्चिमी प्रान्तहरुमा पानीको हाहाकार सधैं थियो नै । तर अहिले नदीहरु भएको भारतको पूर्व तथा दक्षिण प्रान्तका क्षेत्रहरुमा पनि पानीको हाहाकार हुन थालेको छ ।

यसलाई हल गर्न मोदी सरकारले नेपालको विशाल जलश्रोत माथि गिद्दे नजर लगाउन थालेको छ ।भारतले कुनै न कुनै रुपमा नेपालमाथि दवाव दिंदै आइरहेको छ । मधेश समस्यालाई लिएर नाकावन्दी गर्नुको मुख्य कारण पनि नेपालको जलश्रोत हात पार्नु रहेको छ । भारतीय प्रधानमन्त्री मोदी अहिले नेपालको संविधान अपूरो रहेको भन्दै विश्वका अरु देशहरुलाई पनि गुहार्दै हिंडेका छन् ।

नेपालको संविधान भारतको भन्दा प्रगतिशील छ । नेपालको संविधानले समावेशी समानुपातिक सिद्धान्त अपनाएको छ । तर भारतको संविधानमा छैन । नेपालको संविधान सबै हिसावले पूर्ण छैन तर भारत भन्दा प्रगतिशील छ । तर पनि मोदी गुहार माग्दै हिंड्नु को रहस्य भने नेपाललाई अप्ठेरोमा पारेर यहाँको जलश्रोत माथि कब्जा जमाउनु रहेको छ ।नेपालसंदेशबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia