CANADAFINAL-plane१७ चैत्र, एजेन्सी । क्यानडामा  निजी ट्विनेटर विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

क्युबेकको पूर्वी तटमा विमान दुर्घटना भएको हो । दुर्घटनामा क्यानडाका पूर्व यातायात मन्त्री जिन लापिरेसहितका उनका परिवारका सदस्यहरु सवार थिए ।

लिस–डे–ला–माडिलिनि विमानस्थलमा भारी हिमपात र हावा चलेका कारण विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।

लापिरे क्यानडामा राजनीतिक विश्लेषकका रुपमा काम गर्दै आएका थिए ।उनले यसअघि संसद् सदस्यका रुपमा सन् १९७९ देखि १९९३ र २००४ देखि २००७ सम्म काम गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia