१५ चैत्र, काठमाडौं ।एसएलसी परीक्षार्थीको विषयगत लेटर ग्रेडिङ प्रणाली ठिक नभएको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पूर्वाञ्चल क्षेत्रिय समितिले सो प्रणाली सच्चाउन माग गरेको छ ।एसएलसी परीक्षा सुरु हुनुभन्दा १२ दिन अगाडि त्यसलाई सच्याउँदै विषयगत आधारमा मात्रै लेटर ग्रेडिङ गर्ने निर्णय गरेको भन्दै प्याब्सन पूर्वाञ्चल क्षेत्रीय समितिले आपत्ती जनाएको हो ।

परिवर्तित प्रणालीबाट विषयगत ग्रेड मात्र प्रकाशन हुने समग्र मूल्याङकन नै नगरिने पद्धती, जस्को प्रयोग जानकारी भएसम्म विश्वमा पहिलो पटक नेपालमा गरिएको छ, यसले १२ दिन पछाडि परिक्षा लेख्न तयारी गरिरहेका विद्यार्थीहरुको मनोविज्ञानमा गम्भीर असर पर्ने भन्दै प्याब्सनले सोमबार विज्ञप्ति निकालेर विरोध गरेका हुन् ।विज्ञप्ति मार्फत प्याब्सनले भनेको छ,‘शिक्षाको गुणस्तर, विद्यालय र शिक्षकको कार्यशैलीमा कति नकारात्मक प्रभाव पार्छ भन्ने विषयमा समेत कुनै अध्ययन नगरी एकाएक लागु गर्न खोजिनु इतिहासमा नै एक धब्बा लाग्नसक्ने विषयलाई महसुस गरी तत्काल सच्याउन सरोकारवालाहरुलाई अनुरोध गर्दछ ।’

विद्यालय शुल्क निर्धारण मापदण्ड निर्दे्शिका माथि असहमति सहित १३ बुँदे ज्ञापन पत्र मार्फत जानकारी गराउँदा गराउँदै एकपक्षिय ढंगबाट निजी क्षेत्रबाट संचालित विद्यालयहरुको शुल्क निर्धारण गर्ने एवम् अन्य विद्यालयको लागि आवश्यक मापदण्ड शिक्षा नियमावलीमा उल्लेख प्रावधानभन्दा फरक ढंगले निर्दे्शिका मार्फत लागुगर्ने निर्णयको पनि बिरोध गरिएको छ ।

‘लोकतान्त्रिक शासन पद्धतीमा सरोकारवालाको पूर्ण सहभागितामा नीति नियमहरु तयार गरिनुपर्ने न्युनतम सिद्धान्त विपरित निजी क्षेत्रमा संचालित शैक्षिक संस्थाको अस्तित्व नै सिध्याउने र त्यहाँ अध्ययनरत विद्यार्थी र अभिभावकहरुको समेत भविष्यमा संकट आउने ढंगले जारी भएको निर्दे्शिका प्रति प्याब्सन पूर्वाञ्चल क्षेत्रिय कार्य समितिको घोर आपत्ती रहेको छ,’ विज्ञप्तिमा लेखिएको छ ।
प्याब्सनमा आबद्द विद्यालयहरुलाई आगामी शैक्षिक सत्रको शुल्क प्रस्तावमा शिक्षा नियमावलीमा उल्लेखित प्रावधान बाहेक अन्य कुनै थप कागजात पेश नगर्न पनि आग्रह गरेका छन् ।उक्त निर्दे्शिका तत्काल खारेज नगरिए चरणबद्ध आन्दोलनमा उत्रने प्याब्सनले जनाएको छ ।नेपालसंदेशबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia