kabul-attack-parliament

१५ चैत्र , काबुल । अफगानिस्ताको राजधानी काबुलमा अवस्थित राष्ट्रिय संसद भवनलाई नै लक्ष्यगरी रकेट हमला गरिएको समाचार छ ।प्रत्यक्षदर्शीहरुले सो आक्रमणमा परी जनधनको ठूलो क्षति भएको हुनसक्ने अनुमान गरेका छन् । प्राप्त समाचारमा भवनलाई नै लक्ष्य गरेर तीनवटा रकेट आक्रमण भएको देखिएको बताइएको छ ।

तीन वटा रकेट आक्रमण भएका थिए र एउटा संसद भवनभित्रै परेको टाढैबाट देखिएको छ– प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । प्रत्यक्षदर्शीले सोमबार बिहान स्थानीय समयअनुसार सवा दश बजेतिर तीनवटा रकेट संसद भवनको परिसरभित्रै पर्नेगरी खसेका देखिएको जनाएका छन् ।

अफगान सुरक्षा स्रोतले प्रारम्भिक अनुसन्धानबाट हाल केही नदेखिएको जनाएको छ । प्ररम्भिक अनुसन्धानबाट कसैको पनि हताहतिको समाचार भने नआएको पाइएको समाचारमा उल्लेख गरिएको छ ।तर रकेट हमलाका कारण निकै नै ठूलो क्षति भएको अनुमान सर्वत्र गरिएको छ । ती रकेट खसेपछि आएको आवाज र आकासमा धुवाँ उडेको अवस्थाबाट पनि क्षतिको अनुमान प्रहरीले गरेको छ । यस घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia